Send book review

Monday, 24 July 2017

Review: पल्लो घरको झ्याल

पल्लोघरको झ्याल, २०१६
WN Rating: Rated 2.58/5
Cover Courtesy: http://WritingNepal.com






साझा प्रकाशनले २०१६ सालमा पहिलो प्रकाशन गरेको डा. गोबिन्द बहाुदुर मल्ल 'गोठाले' को लघु उपन्यास पल्लो घरको झ्यालले नेपालि अाख्यानमा प्रमुख स्थान राखेको छ । हाल एघारौं संस्करण मा यस कृति लाई बजारमा पाउन सकिन्छ । थोरै पात्रहरु बिच मिसरि नानिको एकालापमै उपन्यास केन्द्रित छ । आकारमा सानो भए पनि यस उपन्यासले नारीपात्र को यौन मनोबिज्ञानलाई पर्यात्त ब्याख्या गर्न सफल छ । नेपालि पारिवारिक जटिल संरचनालाई लेखकले सटिक उतारेका छन् ।  मिसरी नानिको माईति घरको कोठा बाट उपन्यास सुरु हुन्छ ।गोठालेले मिसरिको मन भित्रको उथलपुथललाई यसरि लेखेका छन् कि पढ्दै जाँदा कतै पनि पट्यार लाग्दैन । एक पछि अर्को बाक्यमा मिसरीको हतास झन झन बढ्दै गएझैं हुन्छ ।


एक बिबाहिता आईमाईको मन भित्रको हलचल, ईर्श्या नभएको उसको पोईको आँखालाई उ पटक पटक संझन्छे । पोईको आँखा हाँस्छ तर उसलाई राति उसको सर्वाङ्ग हाँसे जस्तो लाग्दैन ।

Thursday, 20 July 2017

Review: Animal Farm: A Fairy Story

Published 17 August 1945
Cover Courtesy: Google Image
मैले यो पुस्तक बारे लेख्नु भनेको आफ्नो कमजोरी देखाउनु हो तर उपन्यास आज फेरि अर्कोपटक पढ्दा यो करामत नगरि बस्न सकिन । यसको लागि माफि माग्छु !

एनिमल फार्म, जर्ज आरवेल द्वारा लिखित १९४५ मा प्रकाशित लधु-उपन्यास हो । यो तात्कालिन समयको लागि एक सामान्य पुस्तक मात्र नभएर एक 'पोलिटिकल डाईनामाईट' थियो । यस पुस्तकलाई अहिले सम्मकै प्रख्यात राजनैतिक रुपकको लागि ब्याख्या गर्दा अतिरञ्जित हुन्न होला । स्टालिनको बिचारधारा कसरि बिनाशकारी सम्भब हुन सक्छ भन्ने यथार्थ आरवेलले आफ्नो यस लघु डिस्टोपियन उपन्यासमा दर्शाउन खोजेका छन् । आरवेले आफ्नो निबन्ध 'Why I write' मा उपन्यास बारे केहि लेखेका छन ।  आरवेले ले यो उपन्यास लेख्दा पुर्ण सचेत भएर के लेख्दै छु भन्ने जानेरै राजनिति र कलात्मकता लाई एकै ठाउँमा लेखेका हुन् । यस्तो भन्दा फरक नपर्ला कि एनिमल फार्म सोभिएत युनियनलाई सिधा ब्यंग थियो ।

Monday, 17 July 2017

Review: The Mínistry of Utmost Happiness

Published date
June 6, 2017
Image Courtesy: Google Image
           बुकर प्राईज जिते संगै बिस बर्ष अघि फिक्सनको दुनियाबाट हाईबरनेसनमा पुगेकि सो कल्ड समाजसेवि, लेखिका अरुंधति रोय गएको साता 'The Ministry Of Utmost Happiness' संगै ब्युझिएकि छिन्, साथै फेरि एकपटक ' The God of Small Things' ले झैं तरगं थपिदिएको छ ।

          छ्यास् रोयको नयाँ किताब  आउँदै छ रे भन्ने सुने पश्चात नै मनमा हुटहुटि भएको थियो किन भने द गड अफ स्मल थिंङ्स् को रसिलो र भब्य गद्य को स्वाद बाँकि छँदै थियो । भाषाको चलाख संरचनाले पहिलो पुस्तकलाई प्रभाबशालि बनाएकि लेखिकाको यस पुस्तकले पनि राम्रै प्रभाब छाड्ने निश्चित थियो । यस्तै पुर्व-वाहवाहि ले पनि मलाई लालचि बनाईदिएको हो । अन्तत: 'The Ministry Of Utmost Happiness' हातमा पर्यो, पढि सिध्याएँ तर यसले न्युनतर जिज्ञासा मात्रै दियो या भनु मेरो अनुमान लाई यो छनौटले बेखुस बनाईदियो । लेखिकालाई जसरि भए पनि कस्मिरि बिबाद बारे लेख्नु थियो र निबन्ध लेखिदिईन, यस्तो लाग्छ ।