Send book review

Monday, 24 July 2017

Review: पल्लो घरको झ्याल

पल्लोघरको झ्याल, २०१६
WN Rating: Rated 2.58/5
Cover Courtesy: http://WritingNepal.com






साझा प्रकाशनले २०१६ सालमा पहिलो प्रकाशन गरेको डा. गोबिन्द बहाुदुर मल्ल 'गोठाले' को लघु उपन्यास पल्लो घरको झ्यालले नेपालि अाख्यानमा प्रमुख स्थान राखेको छ । हाल एघारौं संस्करण मा यस कृति लाई बजारमा पाउन सकिन्छ । थोरै पात्रहरु बिच मिसरि नानिको एकालापमै उपन्यास केन्द्रित छ । आकारमा सानो भए पनि यस उपन्यासले नारीपात्र को यौन मनोबिज्ञानलाई पर्यात्त ब्याख्या गर्न सफल छ । नेपालि पारिवारिक जटिल संरचनालाई लेखकले सटिक उतारेका छन् ।  मिसरी नानिको माईति घरको कोठा बाट उपन्यास सुरु हुन्छ ।गोठालेले मिसरिको मन भित्रको उथलपुथललाई यसरि लेखेका छन् कि पढ्दै जाँदा कतै पनि पट्यार लाग्दैन । एक पछि अर्को बाक्यमा मिसरीको हतास झन झन बढ्दै गएझैं हुन्छ ।


एक बिबाहिता आईमाईको मन भित्रको हलचल, ईर्श्या नभएको उसको पोईको आँखालाई उ पटक पटक संझन्छे । पोईको आँखा हाँस्छ तर उसलाई राति उसको सर्वाङ्ग हाँसे जस्तो लाग्दैन ।
यो उस भित्र मडारिने ज्वालामुखि हो । जहिले पल्लो घरको पठ्ठो आँखा र आफ्नो पोईको आँखा अलमलिएको हुन्छ । उ त्यस उल्झनबाट मुक्त हुन खोजिरहेकि छ । उसभित्र तुफान छ । त्यस लाई साम्य भएको हेर्न आतुर हुन्छे । गोठले ले मिसरीको मनोबैज्ञानिक तुलबुललाई खुब प्रखर तरिकाले लेखेका छन् । उसलाई आफ्नै माईतिमा समय कटाउन मुस्किल हुन्छ । उ पल्लो घर र आफु भित्र हुँडलिएको मनोवस्था लाई पन्छाउन सक्दिन । मानै उ स्वतन्त्र भएर पनि पिंजडा भित्र कैद छे । गोठाले ले यहि परिस्थितिलाई हु-बहु उतारेका छन् र मिसरीको मानसिक यथार्थको प्रकटिकरण गर्न कतै चुकेका छैनन् । पल्लो घरको झ्याल शिर्षक र उपन्यासको बस्तुस्थिति प्रतिकात्कम छन् ।

यसले मेरो बाल्यकालको केहि बिर्सनै नसकिने क्षणहरुको याद पनि दिलाउँछ । काठको झ्यालको प्वाल बाट भित्र छिर्ने घामको किरणमा हुने न्यानो जस्तो अर्को न्यानो मैले कहिले अनुभब गरेको छैन । पुषको चिसो, तुसारो छापिएको दुबोको भुई, ईन्सानहरुको घरको धुरि बाट निस्कने धुवाँको मिराज, अावारा चराहरुको चिरबिराहट, पगाहामा डुग्रने पशुको अावाज । मैले यो उपन्यास कयौं पटक पढेको छु र प्रत्येक पटक पढ्दा म अोमबहाल, ईन्द्रचोकमा अलमलिएको हुन्छु र मिसरी नानि मलाई पछ्याउँछे । मिसरीको बाबु धनप्रासाद कम बोल्छ, त्यो गुण्डा केटा राममानको घरवरपरै हुन्छ । सबै जना मलाई नै पछ्याउँछन् या तिनिहरु यहि कतै हुन्छन्, साबुत । धेरै पटक पढेकोले यिनिहरुलाई मैले अनुभब गर्न सक्थें । ठट्टा गर्न नजान्ने हरिभक्त्त को ब्यथाले थिचेको आँत भित्र मिसरिले देखाउने प्रेममा उसैले दोमन गरेको कथालाई गोठाले ले अद्भुत संग निकालेका छन् । यस्ता थुप्रै घटनाहरु आईरहन्छन् जसले पाठकलाई उपन्यासको अतल गहिराईमा पुर्याईरहन्छ । 

यो नारी मनोबिश्लेषणात्मक कृतिमा गोठालेले कलात्मक रुपमा आफुलाई यस अघिका कृतिमा झैं सबल राखेका छन् । गोठालेको पहिलो कृति भुसको आगो पनि नारी चेतनात्मक मनोबिश्लेषणात्मक नाट्य कृति थियो । बिषेश गरी नाटकमा कलम चलाएका गोठलेको यस कृतिमा आफु भित्रै अलमलिएकि एक नारी पात्रलाई सचित्र चित्रण गरेका छन् । सबैले भाबनालाई यस्तो गतिलो भाषा दिन सक्दैनन् । गोठलेले निकै सरल र सजिलो शब्दहरुमा जटिल भाबनात्मक परिस्थितिलाई अक्षरहरुमा परिणत गरिदिएका छन् । परपुरुष संग केहि दुर्घटना भईनहालोस् भनेर सचेत मिसरी ले आफ्नो पति प्रति बारम्बार देखाउने सचेतना बिरुद्द पनि उ आफुलाई रोक्न सकिरहेकि छैन । गोठाले ले मानसिक दुरावस्थामा अल्झिएकि एक नारीलाई सूक्ष्मातिसूक्ष्म तबरले केलाउन सक्नु ज्यादै रोचक पक्ष हो ।
हिरामान संग नभई आफै संग भागिरहेकि मिसरीको चेतन प्रवाहलाई फ्रायडियन मनोबिश्लेषणको नजिक राखेर गोठाले ले जसरि लेखेका छन्, त्यो बिशाल छ । तत्कालिन साँघुरो बिचारधारामा रहेको समाजमा पनि गोठालेले फ्रायडियन यौनमनोबिज्ञान लाई प्रयोग गरी यति भब्य कृति सृजना गर्नु सानो कुरा थिएन ।

पहिलो पटक गोठाले लाई मैले कक्षा ८ मा 'म जुजुमान' भन्ने कथा बाट चिनेको हो ।  पल्लो घरको झ्याल मोनोलग (मनोबाद) शैलिमा लेखिएको छ । जसमा मुख्य पात्र मिसरी आफ्नो स्वैरकल्पनामा हराईरहेकि हुन्छे । उसले माईति घरबाट देखिने पल्लो घरको झ्याल मा देखेको पुरुष पात्र बाट मनोबैज्ञानिक रुपमा आतंकित भएकि हुन्छे । बिशौं शताब्दी मा बिभिन्न लेखकहरुले यो शौलीलाई पछ्याएका छन् जस मध्य हेमिङवय, काफ्का, डोरोथि आदि छन् भने नेपालि साहित्यमा शंकर लामिछाने, बिजय मल्ल, र गोबिन्द बहादुर मल्ल 'गोठाले' हरुले यो शैलिको प्रयोग गरेका छन् ।



Happy reading !

No comments:

Post a Comment