Send book review

Friday, 4 August 2017

पराजुलिको सगरमाथाको गहिराई र आमाको सपना ।

Image source:www.anandakm.com.n
 अभि सुबेदिको एउटा लेखमा आसन्न भुतकालको बारे पढेको थिए र यस्तै आसन्न भुतकालमा म एक कबिता वाचन (वाचन मात्र नभएर त्यो एक अभिनय-वाचन/Spoken word piece थियो) मा पुगेको थिए । नवराज पराजुलिले आफ्नो कबिता संग्रह 'सगरमाथाको गहिराई' बाट केहि थान कबिता-अभिनय संगै बाचन गरिदेखाए । जसमा भाबनात्मक बहाव, अन्नत स्वरको आह्वान र उद्दात्त अभिनय कला देखियो । मलाई मैझारो कबितामा कबिले प्रयोग गरेको बाहिरि सौन्दर्यता (सन्देश) भन्दा पनि कबिताको संरचनात्मक तत्वले तानेको हो । भाषालाई फर्डिनाण्ड द ससुरले भनेजस्तो वर्णक्रमको एउटा टुक्रा काट्यो भने त्यसबाट अर्थ वा अबधारणा लाई छुट्याउन सकिदैन । त्यसै कृतिको अर्को कबिता 'सतीदेबीको गाण्डिव' मा प्रयोग भएको अनुप्रास/छेकानुप्रास अलंकार, यमक अलंकार, दृष्टान्त अंलकार, उत्प्रेक्षा अलंकार, शब्दहरुले निकाल्ने स्वर, उपबाक्य बाट बाक्यहरुलाई न्याय दिईएको, र यसमा कुनै बर्ण वा शब्द लाई निकालिदिने हो भने पुरै कबिताको संरचना बिग्रन्छ । एक ठाउँ मा 'पग्लिँदै पग्लिँदै' को पग्लिँदै निकालिने दिने हो भने वा 'सतिदेबि..सतिदेबि यादव मा' सतिदेबि निकालिदिने हो भने ससुरले भने जस्तो संकेत बिग्रन सक्छ ।